
काठमाडौं, ३१ जेठ । हाल संचालनमा रहेका सबै वाणिज्य बैंकहरूले असारमा पूरानै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गरेको निणर्य अनुसार पूरानै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
चालु आर्थिक वर्षको अन्तिम महिना पनि भएकाले पुरानैलाई निरन्तरता दिने सहमति भए अनुसार असारका लागि बैंकहरुले आज मंगलवार पूरानै ब्याजदर प्रकाशित गरेका छन् । अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत सम्म ब्याज दिँदै आएका छन ।
बैंकहरूले आगामी महिना लागू हुने ब्याज त्यसअघि अर्थात मसान्तका दिन प्रकाशित गरिसक्नुपर्छ । त्यही अनुसार आज जेठ मसान्तका दिन असारको ब्याज प्रकाशित गरेका छन् ।
वाणिज्य बैंकसँगै बिकास बैंक र फाइनान्सहरूले पनि ब्याजदरमा खासै परिबर्तन नगरेकाे बताइएकाे छ । नेपाल डेभलपमेन्ट बैकर्स एशाेसियसन र फाइनान्स एशाेसियसनले केही शिर्षक बाहेक अन्यमा ब्याजदरमा खासै परिबर्तन नगरेकाे बताएका छन ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



