
काठमाडाैं, ३१ जेठ । चर्चित नेपाली गायिका इन्दिरा जोशीले शरद केडियासँग विवाह गरेकी छन् । ३ वर्षदेखि प्रेममा रहेका उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा बिधिवत विवाह गरेका हुन ।
इन्दिराले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराएकी छिन । दुवै तर्फका परिवार, सीमित आफन्त र साथीहरूको उपस्थितीमा विवाह गरिएकाे बताइएकाे छ ।