
फाइल तस्वीर
काठमाडौं, १ असार। खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा अस्वाभाविक रुपमा कृषि कर्जा प्रवाह भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धी अर्ध-वार्षिक प्रतिवेदन अनुसार काठमाडौं जिल्लामै सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशमा ६ महिनाको अवधिमा १ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएकाे छ । जसमा यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.२ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।
कृषि क्षेत्रमा प्रवाह भएको कर्जामा काठमाडौं जिल्लामा मात्रै ४१ अब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन बागमती प्रदेशमध्ये काठमाडौंको हिस्सा ४०.४ प्रतिशत रहेको तथ्याङ्कले उल्लेख गर्दछ ।
काठमाडौं पछि चितवन जिल्लामा ३० अर्ब ९२ करोड ४९ लाख (२९.९ प्रतिशत), मकवानपुर जिल्लामा ६ अर्ब ६५ करोड ८६ लाख (६.४ प्रतिशत), काभ्रेपलाञ्चोक जिल्लामा ५ अर्ब २८ करोड ९२ लाख (५.१ प्रतिशत) र धादिङ जिल्लामा ४ अर्ब ८ करोड ५१ लाख (४ प्रतिशत) कर्जा प्रवाह भएको तथ्याङ्कले देखाएकाे छ ।
त्यसैगरी, नुवाकोट जिल्लामा ३ अर्ब ९७ करोड १२ लाख (३.७ प्रतिशत) राष्ट्र बैंकको प्रतिवेदनले उल्लेख गरेको छ । ललितपुर जिल्लामा ३ अर्ब १६ करोड ५९ लाख (३.१ प्रतिशत), भक्तपुर जिल्लामा २ अर्ब ५१ करोड ३६ लाख (२.४ प्रतिशत), सिन्धुली जिल्लामा १ अर्ब ९० करोड २७ लाख (१.८ प्रतिशत) कृषि कर्जा प्रवाह भएको पाइएको छ ।
सिन्धुपाल्चोक जिल्लामा १ अर्ब २९ करोड १३ लाख (१.२ प्रतिशत), दोलखा जिल्लामा ७५ करोड (०.७ प्रतिशत), रामेछाप जिल्लामा ६३ करोड ५३ लाख (०.६ प्रतिशत) र रसुवा जिल्लामा ५८ करोड ९९ करोड (०.६ प्रतिशत) कर्जा प्रवाह भएको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




