
काठमाडौं, ३ असार । पछिल्ला केही दिनयता खाने तेल र फलामे डन्डीको मूल्य घट्न थालेको छ । नेपाल घिउ तेल उत्पादन सङ्घका अनुसार तेलको मूल्यमा प्रतिलिटर १० देखि ३० रुपैयाँ सम्म सस्तिएको हाे ।
युुक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको बताइएकाे छ । भारत निर्यात रोकिएपछि खपत बढाउन तेल उद्योगीले मूल्य घटाएको खुद्रा तथा थोक व्यापारीले बताएका छन् ।
किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले नै मूल्य घटाएर भए पनि बिक्री गर्न बाध्य भएको बताए । तेल उद्योगीले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य घटेको बताएका छन् ।
नेपाल घिउ तेल उत्पादन सङ्घका अनुसार नेपालमा हाल तेल घट्नुुको कारण अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य घट्नुरहेको छ । थोक व्यापार सङ्घका अनुसार एक महिनाअघि सूर्यमुखीको खाने तेलको प्रति कार्टुन ३ हजारदेखि ३ हजार ३ सय रुपैयाँ थियो । अहिले यो २ हजार ७ सय रुपैयाँसम्म झरेको छ ।
फलामे डन्डीको पनि घट्यो भाउ
यसैगरी लामो समयदेखि लगातार बढेको फलामे डन्डीको मूल्य घट्न थालेको छ । अहिले ठूला पूर्वाधार निर्माण कार्य ठप्प भएका कारण खपत घटेपछि डन्डीको मूल्य घट्न थालेको हो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार दुुई साताअघिसम्म प्रतिकेजी १४० रुपैयाँसम्म रहेको फलामे डन्डीको मूल्य १०५ देखी ११५ रुपैयाँसम्म झरेकाे छ । गएको साउन–भदौमा ५२ रुपैयाँ प्रतिकेजी कारोबार भएको डन्डीको भाउ जेठमा बढेर १४० रुपैयाँसम्म पुगेको थियो ।
महासङ्घका अध्यक्ष रवि सिंहले अहिले डन्डीको माग नै घटेकाले मूल्य घटेको जानकारी दिए । नेपाल स्टिल उद्योग सङ्घले भने स्टिलको भाउ अन्तर्राष्ट्रिय बजारमा घटेसँगै नेपालमा पनि घटेको जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




