‘ठेकीमा मदानी’ गीत सार्वजनिक

-


     सफल आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित


काठमाडौं, ३ असार । गायक गोविन्द अर्यालको ‘ठेकीमा मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

उक्त गीतको गायिका मेलिना मैनाली तथा मोडल सुधीर श्रेष्ठ र सुपा खनाल रहेका छन् । ‘ठेकीको मदानी’ बोलको गीतमा साजन पराजुलीले शब्द दिनुका साथै नारायण दङ्गालले सङ्गीत संयोजन गरेका छन् । उक्त गीतको भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय रहेको छ ।

सुरेश पाण्डेले कोरियोग्राफी गरेकाे उक्त भिडियोलाई महफुज अन्सारीले छायाङ्कन गरेका हुन ।हो । सो गीतको भिडियो सुवास देवकोटाले सम्पादन गरेका हुन् । मोहन घिमिरे निर्माता रहेको उक्त भिडियो सुधन धितालको निर्देशनमा तयार पारिएको बताइएको छ ।

भिडियाे हेर्न तलकाे फाेटाेमा क्लीक गर्नुहाेला ।