काठमाडौं महानगरपालिकाकाे नीति तथा कार्यक्रम आज सार्वजनिक हुदैं

-


     सफल आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित


काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुदैछ । राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे हुने नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने बताइएकाे छ । उक्त नीति तथा कार्यक्रमको आधारमा यही असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउनेछ ।

काठमाडौं महानगरपालिकाका मेयर वालेन शाह

स्वतन्त्रबाट उठेर मेयर जितेका बालेन्द्र साहको टिमले कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्नेमा सर्वत्र चासो छ ।नगरसभामा मेयर अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिनेछ । तर जनप्रतिनिधिहरुले मेयरलाइ असहयाेग गर्ने अबस्था रहेकाे छैन ।