पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्याे, प्रति लिटर १९९ कायम

-



     सफल आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित



काठमाडौं , ५ असार । नेपाल सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ।  निगमकाअनुसार पेट्रोलको मुल्य २१ रुपैयाँले बढेर प्रति लिटर १९९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर १९२ पुगेको आयल निगमले बताएको छ। 

त्यस्तै हवाई इन्धनको मुल्य मुल्य प्रति लिटर १९ रुपैयाँले बढेर प्रति लिटर १८५ र बाह्य इन्धनको मुल्य प्रति लिटर १०० डलरले बढेर प्रति लिटर १६४५ कायम गरिएको छ। बढेको मुल्य आज आइतबार राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले बताएको छ। निगम संचालक समितिको आजको बैठकले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो।

पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ र मट्टीतेल र डिजेलमा प्रति लिटर २७ रुपैयाँले बढाउँदा पनि निगमलाई अझै ४ अर्ब ७० करोड  मासिक घाटा रहेको निगमले जनाएको छ।