८० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै केन्द्रीय बैंक

-


     सफल आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित


काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ८० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

उक्त ८० करोड रुपैयाँ मध्ये वाणिज्य बैंकमा ६४ करोड, ‘ख’ वर्गका विकास बैंकमा १२ करोड र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले आफुले लिन चाहेको रकम र मुद्दती निक्षेपमा लिनका लागि ब्याजदर समेत प्रस्ताव गरेर पठाउन भनेको छ ।

राष्ट्र बैंकले ८० करोड रुपैयाँ असार २२ देखि २०८० असार २० गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । यसका लागि राष्ट्र बैंकले विभिन्न शर्त राखेको छ । पैसा निक्षेपमा लिन उक्त शर्त पुरा गरेको हुनुपर्ने छ ।

यसका लागि कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हुनुपर्ने छ ।

रियल स्टेट कर्जा बैंकबाट तोकिएको सिमा भन्दा बढी नभएको हुनुपर्ने उल्लेख छ ।