वायुसेवा सञ्चालक संघले भाेलिदेखि सबै हवाई उडान रोक्ने

-


     सफल आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित


काठमाडौं, ७ असार । वायु सेवा सञ्चालक संघले हवाई क्षेत्रका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै संघले उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न समेत माग गरेको वायु सेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग राखेको छ।

युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट नेपाललाई हटाउन सरकारले यथाशीघ्र पहल गर्न माग गरेको छ । युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशका सम्पूर्ण पर्यटन क्षेत्र नै तहन नहस भएको बताइएकाे छ ।