कास्कीकाे धम्पुसलाई केन्द्रविन्दु बनाएर गयाे ४.९ रेक्टरकाे भूकम्प

-


     सफल आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित


प्रतिनिधि तस्बिर

काठमाडाैं, ९ असार । कास्कीकाे धम्पुसलाइ केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलकाे भूकम्प गएकाे छ । भूकम्प आज बिहान ३ बजेर ५७ मिनेटमा गएकाे हाे ।

कास्की जिल्लाकाे माछापुच्छ्रे गाउँपालिका वडा नं ७ काे धम्पुसलाइ केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानका्जरी दिएकाे छ ।

भूकम्पको धक्का कास्कीसहित स्याङजा, बागलुङ, पर्वत, म्यादी, मनाङ, मुस्ताङ र तनहुँसम्म महसुस गरिएको छ । माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष वैकुण्ठ भण्डारीले तत्काल क्षतिको विवरण प्राप्त नभएको बताए।