असार २२ गतेदेखि ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १’ निष्काशन हुँदै

-



     सफल आवाज    
     असार १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि म्युचुल फण्ड ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १’ निष्काशन तथा बिक्रीमा ल्याउने भएकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्रीमा ल्याउन लागेको जनाएकाे छ।

क्यापिटलका अनुसार कुल इकाईबाट कुल बिक्री भएको १५ प्रतिशतमध्ये १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटलकाे लागि रहनेछ । बाँकी हुन आउने १३.५० प्रतिशत, १ करोड ६२ लाख इकाईकाे कोष प्रवर्धक रहेकाे ग्लोबल आइएमई बैंकका लागि सुरक्षित गरीने भएकाे छ ।

साे फण्डमा १० करोड २० लाख इकाई सर्वसाधरण लगानीकर्ताका लागि रहेकाे छ । लगानीकर्ताले घटिमा १०० र बढीमा एक करोड २० लाख इकाईका लागि आवेदन पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले फण्डको इकाईका लागि असार २६ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म कुल इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन पाइने छ।

साे फण्डको अवधि १० वर्ष को रहेकाे छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्था वा मेरो शेयर एप्सकाे माध्यमबाट आवेदन पेश गर्न सक्नेछन् ।