
काठमाडौं, १२ असार । सातवटा नेपाली स्टार्टअपले ब्यबसाय विस्तारका लागि एकसाथ झण्डै २४ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन् ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो । प्राप्त ३०० बढी प्रस्तावमध्येबाट अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो ।
यीमध्ये कम्युनिकेशन सोल्युसन प्रदायक भक्सक्रो स्टार्टअपले अध्ययन्ता भेन्चरबाट १ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ ।
त्यस्तै स्किलसेवाले टीम भेन्चर, टेलि भेन्चर, अध्ययन्ता र ग्लोबल इक्वीटी फण्डबाट संयुक्तरुपमा साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । स्किल सेवाले होम इन्सपेक्सन सर्भिस प्रदान गर्दछ ।
यसैगरी डक्टर्स अन कलले टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीबाट संयुक्तरुपमा २ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको छ ।
कृषि क्षेत्रमा काम गरिरहेको खेतीले पनि दुई करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । उनीहरुलाई टीभ भेन्चर ग्लोबल इक्वीटीले संयुक्तरुपमा लगानी गरेको हो ।
स्कूल म्यानेजमेन्ट एप भेदाले साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीले संयुक्तरुपमा लगानी गर्ने सम्झौता गरेका छन् ।
यसैगरी डिजिटल एज नेपाल नामक स्टार्टअपमा अध्ययन्ता र मिालयन क्यापिटलले १ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् ।
डार्क म्याटर्स प्रोडक्सन कम्पनीमा ग्लोबल इक्वीटी, टीम भेन्चर र अध्ययताले डेढ करोड रुपैयाँ लगानी गर्न सम्झौता गरेका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




