नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     असार १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असार । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१.५७ प्रतिशत लाभांश दिने भएको छ । कोषले आर्थिक वर्ष २०७७/२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो ।

कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरी कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।