जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित लाईब्रेरी क्याफेको समुद्घाटन

-



     सफल आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित



पोखरा, १३ असार । जिल्ला प्रहरी कार्यालय कास्की परिसरभित्र नव निर्मित लाईब्रेरी क्याफेको समुद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले एक कार्यक्रमका बिच उक्त लाईब्रेरी क्याफेको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिडिअेा आचार्यले यो नवनिर्मित लाईब्रेरी जिल्ला प्रहरी कार्यालय भित्र प्रवेश गर्ने सम्पूर्णलाई सिकाईको नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गरेका थिए । साथै यो नयाँ सोचका साथ पुस्तकालय र क्याफे स्थापना गरि प्रहरी संगठनमा नया कार्य गरेर प्रहरी र समुदाय बीचको सम्बन्धलाई सुमधुर बनाउने कार्य गर्नु भएकोमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि रमेश थापालाई बधाई दिएका थिए ।

कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरी शर्माले प्रहरी कार्यालयमा लाईब्रेरी क्याफेको निर्माण नयाँ अभ्यास भएको र यसले प्रहरीलाई थप दक्ष बनाई प्रहरी कार्यमा नयाँ आयाम प्रदान गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पढ्ने र नयाँ कुरा सिक्ने चाहना भएका व्यक्तीहरुलाई लक्षित गरि आफुले पुस्तकालय निर्माण गरेको बताउँदै सिकाईमा सहजिकरण गर्ने , पठन संस्कृतिको बिकास गर्ने साथै बौद्धिक बर्ग र प्रहरी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने योजनाका साथ यो लाईब्रेरी क्याफेको निर्माण गरिएको बताए ।

यो पुस्तकालय बनाउन प्रहरीको श्रमदान तथा पोखरा महानगरपालिका लगायतका केहि संघ संस्था र सामाजिक ब्यक्तीहरुको साथ रहेको कास्की प्रहरी प्रमुख थापाले बताए । कार्यक्रममा गण्डकी विश्वबिध्यालयका डिन डा कपिल कोइराला , पिएन क्याम्पसका प्राध्यापक डा कुसुमाकर न्याैपाने लगायतका बौद्धिक ब्यक्तित्वहरु, सुरक्षाकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।