
काठमाडाैं, १४ असार । नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । बैंकले ५ वर्षे अविधकाे लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा साे ऋणपत्र बिक्रीमा ल्याउन लागेकाे हाे ।
प्रतिकित्ता रू १ हजार अंकित मूल्य दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउन लागिएकाे हाे। यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ। ऋणपत्रमा सामूहिक लगानी कोषकाे तर्फबाट आवेदन पेश भएकाे छैन ।
ऋणपत्र खरिद गर्न चाहने लगानीकर्ताले असार २६ गतेसम्म आवेदन पेश गर्नु पर्नेछ । ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र खरिदका लागि लगानीकर्ताले घटिमा २५ र बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन पेश गर्न पाउने छन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



