
काठमाडौं, १४ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीको लागि कार्यविधि जारी गरेको छ। नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो। कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टिएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनु पर्नेछ।
दिएको निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिनेछ। नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टिएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्नेछ।
नेप्सेको प्रणालीसँग जोडे बापत ब्रोकर कम्पनीले मासिक ३५ हजार रुपैयाँ समेत बुझाउनु पर्ने बताइएकाे छ। जुन रकम अर्ध वार्षिक रुपमा बुझाउनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




