
काठमाडौं, १९ असार । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९/८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने टिप्पणी गरेका छन् ।
मदन भण्डारी वौद्धिक मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए ।
‘यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का राखे हुन्छ’ उनले भने ।
अहिले नै ३ खर्बको शोधनान्तर घाटाको अवस्था रहेको भन्दै पूर्वअर्थमन्त्री खतिवडाले बाह्य क्षेत्र सन्तुलनमा राख्ने हो भने आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित राख्नुपर्ने धारणा राखे ।
‘पाँच वर्षमा व्यापार सन्तुलन गर्नुभयो भने उहाँहरुलाई (सरकार) सम्मान गर्नुपर्छ । व्यापार सुन्तुलन हुन्छ, तर आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित रहनुपर्छ’ उनले भने ।
खतिवडाले आर्थिक वृद्धिलाई ठिक्कको तहमा अनुमान गरेर मूल्यवृद्धि पनि कम हुने वातावरण सिर्जना गरेर वित्तीय स्थायित्व कायम गर्न ध्यान दिनुपर्ने बताए ।
‘अहिले च्वाइस छ कि त आर्थिक स्थायित्व कायम गर्ने कि उच्च आर्थिक वृद्धि गरिहाल्ने त्यसपछि समाप्त पारिदिने ?’ खतिवडाले भने, ‘अहिले सरकारले संयम अपनाउने बेला छ ।’








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




