
स्याङ्जा , २० असार । स्याङ्जा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बुद्धिसागर त्रिपाठी नियुक्त भएका छन् । यस अघि पाँचौं साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका सदस्य ई. श्याम बिक्रम खाँणले आफ्नो स्वस्थ्य र घरायसी कारण देखाइ राजिनामा दिएका थिए ।
संस्थाको यहि जेठ २५ गते बसेको १५३ औं बैठकले उक्त राजिनामा स्वीकृत गरे पश्चात रिक्त रहेको संस्थापक समुहको सञ्चालक पदमा संस्थाको सञ्चालक समितिको असार १८ गते बसेको १५४औं बैठकले त्रिपाठीलाई नियुक्त गरेको हो ।
कोटहीमाई गा.पा. वडा नं ६ रुपन्देही स्थायी ठेगाना भइ हाल पुतलीबजार न.पा. १ प्रगतिनगर स्याङजा वस्ने बुद्धिसागर त्रिपाठीसँग ४५ वर्ष भन्दा बढी शैक्षिक क्षेत्रमा कार्य गरेको अनुभव छ । उनी ज्योति अंग्रेजी आवासीय मा वि स्याङ्जाका लगानीकर्ता तथा प्रिन्सीपल हुन ।
११ जिल्लामा १९ शाखा कार्यालय मार्फत बित्तिय सेवा प्रदान गरिरहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको लामो समय देखि रोक्का रहेको शेयर बजारको कारोवार संचालनको केहि दिनमा नै उल्लेख्य बृद्धि भएको छ । संस्थामा हाल २१ हजार ग्राहक सदस्यहरु मध्ये १० हजार ५ सय भन्दा वढि सदस्यले करिव १ अर्व ४२ करोड कर्जा लिई व्यवसाय संचालन गरिरहेको र वचत परिचालन ४६ करोड भन्दा वढि रहेको संस्थाले बताएको छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



