भारतीय राजदूत श्रीवास्तव र गृहमन्त्री खाणबीच भयाे भेटवार्ता

-



     सफल आवाज    
     असार २० गते २०७९ मा प्रकाशित



काठमाडाैं, २० असार । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्।राजदूत नियुक्त भएर नेपाल आएपछि राजदूत श्रीवास्तवकाे गृहमन्त्री खाणसँग याे पहिलो भेट हाे।

सोमबार बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ।

भेटमा गृहमन्त्री खाणले नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुरुप रासायनिक मल यथासक्य छिटाे उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेका थिए। राजदूत श्रीवास्तवले रासायनिक मलका लागी पहल गर्ने पनि बताएका थिए।