
काठमाडौं, २१ असार । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ ।
समितिले सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो ।
यसअघि एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले बक्तव्य नै निकालेर मर्जरमा जाने सम्बन्धमा छलफल नगरेको भन्दै विरोध जनाएको थियो ।
त्यस्तै गाभ्ने/गाभिए बन्ने बीमा कम्पनीका कर्मचारीहरूलाई कुनै मर्का नपर्ने गरी र हाल खाई पाई भएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।
मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




