वाणिज्य बैंकहरूमा निक्षेप ३२ अर्बले बढ्यो, कस्तो छ ऋण प्रवाहको अवस्था ?

-



     सफल आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ असार । वाणिज्य बैंकहरूमा निक्षेप बढ्दा कर्जा प्रवाह भने घटेको छ।

असार लागेपछिको १७ दिनमा बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्ब ऋणात्मक भएको छ।

नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांकअनुसार जेठ मसान्तको तुलनामा १७ असारसम्ममा क वर्गका वाणिज्य बैंकहरूमा निक्षेप ४४ खर्बबाट बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा ऋण प्रवाह भने ४१ खर्ब ९३ अर्ब रूपैयाँबाट ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रूपैयाँमा झरेको छ।

असार लागेपछि बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ।

जेठ ३१ को तुलनामा असार ३ मा ४३ खर्ब ९४ अर्ब, १० असारमा ४३ खर्ब ९८ अर्ब र १७ असारमा ४४ खर्ब ३२ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ।