नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा लामिछाने

-



     सफल आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ असार । नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको १८औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति पनि चयन गरिएको हो ।

सभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए । त्यस्तै मिस नेपाल प्रियंकारानी जोशी र विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको मञ्चले जानकारी दिएको छ ।

मञ्चका अनुसार नयाँ कार्यकारी परिषद्को अध्यक्षमा रितेश लामिछाने चयन भएका छन् । यसअघि परिषद्को अध्यक्षमा उदिप श्रेष्ठ थिए ।

यसैगरी नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ रहेका छन् ।

महिला उपाध्यक्षमा निभिता प्रधान, कार्यकारी सदस्यमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभुषण ज्योति कंसाकार र पुनित वैद्य रहेका छन् ।