
काठमाडौं, २२ असार । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले बजेट निर्माणमा उठेका प्रश्नहरको छानबिन गर्न माग गरेका छन् ।
बजेट निर्माणमा अर्थमन्त्री जनादर्न शर्माले अनाधिृकत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत संसदीय छानविन समिति बनाउन माग गरेको छ ।
सरकारले छानविनका लागि रुची नदेखाएपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीसँगै सत्तारुढ कांग्रेसमा समेत उठेको छ ।
योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. गोविन्दराज पोखरेल र प्रा. डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गर्दै थप आर्थिक जटिलताको संकेत देखिएको बताएका छन् ।
अर्थतन्त्र समस्यामा रहेको, जनताबाट उठेको करको दुरुपयोग भएको, मुल्यबृद्धि र जनजीविकाका सवाल सरकारले सम्बोधन गर्न नसकेको उनीहरुको निष्कर्ष छ ।
संकटोन्मुख अर्थतन्त्रको समना गर्न ठोस योजनाका साथ अघि बढ्नुका साथै बजेट निर्माणमा उठेका प्रश्नहरुको यथोचित छानबिन गर्न सरकार, संसद र संवैधानिक निकायहरुसँग माग समेत गरेका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




