
काठमाडाैं, २५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढाउन केन्द्रीय विभागलाई निर्देशन दिएका छन् ।
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्वपूर्ण रहेको स्मरण गराउँदै योजनाबद्धरूपमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउनुपर्छ ।
अनुशासनहीनता बढेको छ, नैतिक राजनीतिमा कमी आएको छ । पार्टीको गन्तव्य, कार्यदिशा, कार्यनीति र कार्यक्रमप्रति सहमत नहुने मानिस पार्टीमा रहन सक्दैन । जब हामी यसमा स्पष्ट छौँ भने समाजवादतर्फको यात्रामा कहीँ कतै भ्रम रहनु हुँदैन । एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ हामी लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्छ ।” उनले भने, “पार्टी छाडेर गएकालाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ ।
लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नूस् । ठूलो सङ्ख्यामा पार्टी फर्किनेको छिटै घोषणा हुनेछ । यस्तो अभियान तल–तलसम्म लैजानका लागि तपाईंहरु सबैजना लाग्नूस् ।” बैठकमा महासचिव शङ्कर पोखरेलले विभागले गर्नुपर्ने कामका बारेमा स्पष्ट पारेका थिए । एमालेमा हाल ३३ विभाग छन् ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



