
काठमाडौं, २६ असार । कोरोना महामारीका सिर्जित लकडाउनको अवधिमा ६३ प्रतिशत उद्योग तथा प्रतिष्ठान बन्द भएको पाइएको छ ।
केन्द्रीय तंथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा १३ हजार १४५ उद्योग तथा प्रतिष्ठान समेटिएको छ ।
विभागका अनुसार कोभिड–१९ को महामारीको समयमा सरकारले गरेको करिब महिनाको लकडाउन अवधिमा करिब ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ ।
यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ ।
लकडाउनको समयमा करिब १७ प्रतिशत कामदारहरुले बिनासुविधा स्थायीरुपमा आफूले गरिरहेको काम छोडेको सर्वेक्षणले देखाएको छ । ६० प्रतिशत कामदारहरुले बिना तलब, सुविधा अस्थायीरुपमा कामबाट अलग हुनुपरेको देखिएको छ ।
त्यसैगरी ११ प्रतिशत कामदारहरुको तलब, सुविधा आंशिकरुपमा कटौती भएको र बाँकी १२ प्रतिशत कामदारले तलब, सुविधा निर्धारित समय भन्दा ढिला पाएको सर्वेक्षणले देखाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




