एमजी मोटर्सले नयाँ इलेक्ट्रिक कार एमजी४ ईभी छिट्टै सार्वजनिक गर्दै

-



     सफल आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असार । एमजी मोटर्सले नयाँ इलेक्ट्रिक कार छिट्टै सार्वजनिक गर्ने भएको छ।  युरोपेली कार कम्पनी एमजी मोटर्सले शूररुमा यूराेपमा सार्वजिनक गर्ने र त्यसपछि अन्य देशमा पठाउने भएकाे छ ।

इलेक्ट्रिक गाडीकाे प्रतिष्पर्धि बजारमा एमजीकाे गाडी यूराेपमा आगामी सेप्टेम्बरमा सार्वजनिक हुनेछ। नयाँ इलेक्ट्रिक कार एमजी४ ईभीका फाेटाेहरु प्रकाशमा ल्याएकाे छ। यस गाडीले स‌चालनमा रहेका किआ ईभी६ र भोल्सवागेनको आईडी.३ संग चुनाैतीकाे सामना र प्रतिस्पर्धा गर्नुपर्ने छ ।

यस गाडीका माइलेज ४०० किलोमिटरभन्दा बढीको रेन्जकाे रहेकाे छ । एक पटक चार्ज गरेपिछ ४३२ किलोमिटरकाे यात्रा गर्न सक्नेछ । तत्काल यस गाडीकाे बजार मूल्य भने प्रकाशमा ल्याएकाे छन् ।

एमजी४ ईभीको लुक्स पनि राम्राे रहेकाे छ। एलोय ह्विल, एलईडी हेडल्याम्प र डीआरएलले गाडीका साैखिनहरुला मख्ख पार्नेछ । ब्ल्याक ग्लास रुप, एलईडी टेल लाइट, एलोय ह्विल र रियर बम्परमा स्किड प्लेट रहेकाे छ। 

यस गाडीमा ४४३ बीएचपीको डुअल मोटर रहेकाे छ । कार १६७ बीएचपी र २१० बीएचपीमा हुनेछ । यसकाे प्रतिघन्टाकाे गति ०–१०० किमी हुनेछ । हाइयस्ट गति प्रतिघन्टा १६० किमी रहेकाे छ ।