
पाेखरा, २६ असार । पोखराका करिब ३० विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले विश्वव्यापी माटो जोगाऔं (SAVE SOIL) अभियान अन्तर्गत माटो जोगाउनका निम्ति सरकारी नीतिहरुको निर्माणका लागि प्रधानमन्त्री शेर बहादुर देउवालाई अनुरोध पत्र लेख्दैछन् ।
पोखरामा अहिलेसम्म पोखरा युनाइटेड एकेडेमी, पोखरा लर्नर्स एकेडेमी, अल्फा बोर्डिंग, फिष्टेल एकेडेमी, मदरल्याण्ड, थ्री एन्जल्स, व्यु पोइन्ट, ताल बाराही, करुनानिधि एजुकेसन फाउन्डेसन, बाल मन्दिर, शान्ति निकेतन, केदारेश्वर गुरुकुल, श्री अमरसिंह, कन्या माध्यमिक, श्री महेन्द्र माध्यमिक, गण्डकी बोर्डिंग, बाल प्रभात, रिवर डेल र धेरै अरु विद्यालयहरुका साथसाथै पृथ्वी नारायण क्याम्पस, पश्चिमान्चल क्याम्पस, पोखरा विश्वविद्यालय तथा वन क्याम्पसमा पनि माटो जोगाऔं सचेतना कार्यक्रमसहित प्रधानमन्त्रीलाई विन्ती पत्र लेखि संकलन गरिएको छ ।
माटो जोगाऔं अभियानले भविष्यमा आउने खाद्य संकटको निवारणका लागि पोखराका विद्यालयहरुमा सचेतना कार्यक्रमहरु निरन्तर आयोजना गरिरहेको छ। इच्छुक विद्यालयहरुले savesoilpokhara@gmail मा इमेल पठाउनु भयो भने माटो जोगाऔं स्वयंसेवकहरुले विद्यालयमा कार्यक्रम संचालन गर्नेछन् ।
पोखराका विद्यालयहरु बाहेक बिभिन्न माटो जोगाऔं सचेतना कार्यक्रमहरु पनि आयोजना भैरहेका छन् । विश्व वातावरण दिवसको अवसरमा पोखरा परिक्रमा गरि साइकल र्याली गरिएको थियो । जुन हल्लन चोकबाट सुरु भै बगरसम्म पुगी पृथ्वीचोक हुँदै हल्लन चोक पुगी सम्पन्न भएको थियो। यस कार्यक्रमलाई गण्डकी प्रदेश वन, वातावरण तथा भू संरक्षणका माननीय मन्त्री दीपक थापाले उद्घाटन गरेका थिए।
कार्यक्रममा साइक्लिंग क्लब अफ पोखराका सदस्यहरु सहभागी भई यस अभियानलाइ समर्थन गरेका थिए । त्यस्तै असार १७ गते वन क्याम्पसले सभागृह चोकदेखि चिप्लेढुंगासम्म सचेतना पैदलयात्रा सम्पन्न गरेको थियो । पोखरासहित काठमाडौँ, चितवन, वीरगंज, हेटौडा, इटहरी, धरान, कैलाली, फिदिम तथा अरु स्थानहरुमा पनि माटो जोगाऔं सचेतना कार्यक्रमहरु तथा अनुरोध पत्रहरु संकलन हुँदैछन्। माटो जोगाऔं स्वयंसेवकहरुका अनुसार यो अभियानद्वारा अधिकतम पत्रहरु संकलन गरि प्रधानमन्त्रीलाई प्रदान गरिनेछ ।
त्यस्तै किसान नवीन पुन मगरले माटो जोगाऔँ अभियानलाई नेपालभर लैजान करिब ३५०० किलोमिटर दौडिदैछन् । उनको योजना ६० देखि ७० दिन भित्र पूर्व मेची देखी पश्चिम महाकाली सम्म जनचेतनामूलक तथा सामुदायिक चेतनामूलक कार्यक्रम गर्नु हो । जेठ ३० गते नबिन पुन मगरले यो यात्रा काठमाडौँबाट सुरु गरेका थिए।
नबिन पुन मगर १५०० किलोमीटर भन्दा बढिको दौड पुरा गर्दै श्रावण ६ गते पोखरा आएपछि प्रमुख माटो जोगाऔं सचेतना कार्यक्रममा आयोजना गरिनेछ ।








काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



