
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बर्तमान समय र परिस्थितिकाे सुक्ष्म अध्ययन गरेर मात्र मौद्रिक नीति ल्याउने स्पष्ट पारेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघले आगामी मौद्रिक नीतिका विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले समय र परिस्थिति अनुसार मौद्रिक नीति आउने बताएका हुन् ।
बाह्य क्षेत्रका कारण नेपालको अर्थतन्त्र समस्यामा परेकाले आगामी वर्ष कस्तो नीति लिने भन्ने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको उनको भनाइ छ ।
‘महाप्रसाद अधिकारीको दिमागमा के छ भनेर मौद्रिक नीति आउँदैन, तपाईंहरूले दिएको सुझाव अनुसार पनि आउँदैन’ उनले भने ‘आज हामीले अर्थतन्त्रलाई स्थिर बनाउनु पर्नेछ । अर्थतन्त्र अस्थिर भयो भने हामी सबैलाई समस्या हुन्छ । त्यसैले अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक नीति आउँछ ।’
अधिकारीले निजी क्षेत्रले व्यवसाय सहज हुने गरि नीति आओस भन्ने अपेक्षा गर्नु स्वभाविक भएको उल्लेख गरे । ‘तर हामी अर्थतन्त्रलाई स्थिर बनाउने गरि नीति बनाउनु पर्ने अवस्थामा छौं’ अधिकारीले भने ‘अर्थतन्त्र सहज हुँदा सबैलाई लाभ हुन्छ । त्यसैले हाम्रो प्रमुख उद्देश्य अर्थतन्त्रलाई ठिक ठाउँमा पुर्याउनु हो ।’
अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजस्व संकलन नहुने, व्यवसायीहरू मर्कामा पर्ने हुन सक्नेर्फ संकेत गरे । ‘यदि आज केही पीडा भएर भोलि सुधार हुन्छ भने हामीले केही नीतिगत सुधार गर्नै पर्छ’ उनले भने ।
अधिकारीले कोरोना महामारीका क्रममा अर्थतन्त्रलाई चलायमान बनाउन सुविधा दिएर पनि आवश्यकता अनुसार त्यसलाई संशोधन गरिएको बताए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




