काठमाडौं, २९ असार। वाणिज्य बैकहरूले साउन महिनामा पनि ब्याजदर नबढाउने भएका छन । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले साउन महिनाकाे लागि निक्षेपकाे ब्याजदर असारका लागि तोकिएको ब्याजदर जस्तै अधिकतम ११.०३ प्रतिशतसम्म मात्र दिने सहमति गरेकाे बताइएकाे छ ।
बैंकर्स संघको आज बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हाे । बैंकहरुले हरेक महिना नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकाे छ ।
पछिल्लो केही समयदेखी रकमको अभावका कारण बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका थिए ।
बैंकर्सहरूकाे सहमतिअनुसार वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



