असार मसान्तसम्म बैंकहरूकाे निक्षेप संकलन ५१ खर्ब ५३ अर्ब नाघ्याे, कर्जा र निक्षेपको अनुपात ८६ प्रतिशत

-



     सफल आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ साउन । गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम अर्थात् असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमा वाणिज्य बैंकहरुको हिस्सा ४५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय कम्पनीहरुले ६ अर्ब १३ रुपैयाँ संकलन गरेका हुन्। त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुको ऋण प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुले कुल कर्जा प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँ गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाको कर्जा र निक्षेपको अनुपात ८६ दशमलव २२ प्रतिशत छ । अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन बमोजिम नै रहेको देखिएको छ।