थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि,  ६२ जना सङ्क्रमणमुक्त

-



     सफल आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ साउन । पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर तथा १ हजार ५०० जनाको एन्टिजेनसहित ३ हजार ३२८ जनाको परीक्षण गरिएकामा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो आँकडासँगै कोरोनाका सक्रिय संक्रमित १ हजार ९८२ तथा कुल संक्रमित ११ लाख २३ हजार १५० पुगेका छन् । सक्रिय संक्रमितमध्‍ये १ हजार ८६५ जना होम आइसोलेसनमा तथा १ सय १७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् । उक्त अवधिमा कोरोनाबाट कसैको पनि ज्यान नगएको र ६२ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जनाएको छ ।