हुण्डाईको विश्वकप २०२२ लक्षित टेस्ट ड्राइभ अभियान शुरु

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ साउन । लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्वकप फुटबललक्षित टेस्ट ड्राइभ अभियान शुरु गरेको छ। यो अभियानमा भाग लिनका लागि हुन्डाईका देशभर रहेका कुनै पनि शोरुममा गएर टेष्ट ड्राइभ गर्नुपर्ने कम्पनीले जनाएको छ।

‘गोल अफ द सेन्चुरी’ नामक उक्त अभियान अन्तर्गत टेस्ट ड्राइभ गर्नेमध्ये लक्की-ड्रमार्फत दुई जना भाग्यशाली विजेता छानिने छन् । कम्पनीका अनुसार दुवै विजेताले एक जना अर्को व्यक्ति लिएर कतारमा आगामी नोभेम्बरमा हुने विश्वकप फुटबल–२०२२ हेर्न जान पाउने छन् ।

यो अफर हुन्डाईले नेपालमा बिक्री गर्दै आएको पेट्रोलियम वा इलेक्ट्रिक दुवै भेरियन्टका गाडी टेष्ट ड्राइभमा लागू हुने कम्पनीले जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर १७ ओटा डिलर र १९ ओटा सर्भिस सेन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।