
काठमाडौं, ४ साउन । मुक्तिनाथ विकास बैंकलाई वर्ल्ड कन्फेडरेसन अफ बिजनेशले ‘द बिज अवार्ड २०२२’ प्रदान गरेको छ। व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर र सेवामा सिर्जनात्मक अभ्यास गरी ६ विधाको मूल्याङ्कनबाट उक्त अवार्ड प्राप्त भएको बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङले बताए।
वर्ल्ड कन्फेडरेसन अफ बिजनेश १३० देशका ३ हजार ५ सयभन्दा बढी व्यापार संस्थाहरुको प्रतिनिधित्व गर्दै आएको संस्था हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मानित गरिएको छ।
बैंकलाइ यो सम्मानबाट भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नवीनतम सेवा ल्याउन उत्साहित बनाएको जनाइएकाे छ।

सूचना अधिकारी गुरुङका अनुसार यसअघि यूरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० हासिल गर्नुका साथै ग्लोबल एसएमई अवार्ड २०२१को एसएमई फाइनान्सियर अफ द इयर एसिया विधाबाट बैक सम्मानित भइसकेको छ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न देशभरका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । यस्तै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको सूचना अधिकारी गुरुङ्गले जानकारी दिएका छन।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




