
बाँके, ४ साउन । बाँकेको डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत बालिकाहरुको कन्या मुद्दती खाता खोलिदिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायका अनुसार छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको हो ।
उनले हरेक छोरीको खातामा रु १० हजार बैंकमा जम्मा हुने र सो रकम छोरी २० वर्ष नपुगी निकाल्न नपाइने पनि बताए । “छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ”, उनले भने, “छोरीहरूले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख उद्देश्य हो ।”
तर अभिभावकको मृत्यु भएमा वा आफैं कुनै कारणले अशक्त भएको खण्डमा भने खाताको रकम निकाल्न पाउने गरी कार्यविधि बनाइको छ ।
वार्षिक ४० लाख रुपैयाँ छुट्याएर डुडुवाका ६ वडाभित्रका सबै बालिका तथा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति शिक्षा कार्यक्रम लागू गरिएपछि अभिभावक निकै उत्साहित भएका प्रमुख उपाध्ययले जानकारी दिए ।
यसका लागि बालिका अस्पतालमा जन्मिएको, जन्मदर्ता गर्नुपर्ने, छोरी एसईईसम्म पढेको तथा वडा कार्यालयको सिफारिस हुनुपर्ने प्रावधान छ । छोरीको खाता खोल्दा अभिभावकको क्षति कम गर्न रु पाँच लाखको दुर्घटना बीमा पनि गराइएको छ ।
विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंकको खाता खोलिदिएको गाउँपालिकास्थित स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




