
तनहुँ, ५ साउन। मोटरहेड ब्राण्डका नयाँ बाइकहरु अब तनहुँको दुलेगौँडा बजारमा नै उपलब्ध भएको छ । बिनासर्भिसिङ सर्वाधिक दुरीमा गुडेर विश्व कीर्तिमान कायम गरेको मोटरहेड बाइकको शोरुम दुलेगौँडाका विजय थापाले सञ्चालनमा ल्याएका हुन । ग्रामीण क्षेत्रका लागि अति उपयुक्त हुने मोटरहेडका बाइकले ग्राहकलाई आकर्षित गराउँदै जान थालेको सञ्चालक थापाले जानकारी दिए ।
उनले अन्य बाइकको तुलनामा यो बाईक तुलनात्मक रुपमा सर्वसुलभ र टिकाउ रहेको दावी गरे । ‘स्कुटरको मूल्यमा त यो बाइक नै आउँछ’ थापाले भने, ‘नेपालका २० शहरमध्ये दुलेगौँडामा पहिलो पटक सेवा प्रदान गरिएको हो ।’
उनका अनुसार यो बाईकको सात वटा प्रकार बजारमा पाईन्छ । तीन लाखदेखि चार लाख ५० हजारसम्म मूल्य रहेका मोटरहेडका बाईकहरु यस क्षेत्रका ग्राहकहरुलाई उपयुक्त रहेको अशाेक विश्वकर्माले जनाएका छन् ।
चिनमा उत्पादन भएको यो कम्पनीका बाईकहरुको मर्मतका लागि समेत आवश्यकका सामाग्रीहरु सहजै प्राप्त गर्न सकिने भएकाले ग्राहकको रोजाईमा बृद्धी भएको हुनसक्ने सञ्चालक थापाको विश्वास छ । अधिकांश अन्य कम्पनीका बाइक चढ्नेहरुहरुले साटफेरका लागि आउने गरेको जानकारी दिँदै छिट्टै व्यवस्थापन पक्षलाई प्रभावकारी बनाएर सेवा दिने तयारी गरेकाे थापाले बताए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




