
काठमाडौं, ६ साउन । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनलबिच रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिटका अध्यक्ष रितेश मित्तलले उक्त सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार नेपाल रेमिटमार्फत् आएको रेमिट्यान्स रकम अब ग्राहकहरुले नेपाल बैंकका सम्पूर्ण शाखाहरु, एक्स्टेन्सन काउन्टर तथा बैंकका सब एजेन्टमार्फत् भुक्तानी लिन सक्नेछन्।
नेपाल बैंकका अनुसार देश विदेशमा रहेका सबै ग्राहकले सर्वसुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकुन् भन्ने उद्देश्यले यो सम्झौता गरिएको हो। ८५ वर्षदेखि देशभरका शाखाहरु, एक्स्टेन्सन काउन्टर तथा बैंकका सब एजेन्टमार्फत् संसारभरबाट रेमिट्यान्सको सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




