‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड’ मुक्तिनाथ विकास बैंकलाई

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । मुक्तिनाथ विकास बैंक कर्पोरेट म्यागजिनले आयोजना गरेको ‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड २०२२’ बाट सम्मानित भएको छ ।

गत मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई उत्कृष्ट विकास बैंकको वर्गमा पुरस्कृत गरिएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले अवार्ड ग्रहण गरेका थिए ।

उक्त सम्मानबाट बैंक तथा बैंकका कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्न उर्जा मिल्ने विश्वास लिएकोख बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न देशभरका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । यस्तै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ।