गुराँस लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१ लाख रकम हस्तान्तरण

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



पोखरा, ६ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय पोखराले २१ लाख २ हजार रुपैयाँको चेक रकम बीमितका परिवारजनलाई हस्तान्तरण गरेको छ ।

कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा गत २०७८ भदौ ३० गते २० लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका पर्वत जिल्ला, महाशिला गाउँपालिका-१  को राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको मृत्यु भएकाले त्यसबापत् उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

हाल पोखरा महानगरपालिका, पोखरा १५ मा बसिरहेका गुरुङको उपचारका क्रममा असामयिक निधन भएकोले उनकी पत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल र वरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सिनाले उक्त रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रम कम्पनीका विभिन्न विभागमा कार्यरत कर्मचारी तथा अभिकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको कमेपनीले जानकारी दिएको छ ।