
काठमाडौं, ६ साउन । आईएमई इलेक्ट्रिक प्रालिले ललितपुर महानगरपलिकालाई बिहीबार ५ थान राफ्ट इलेक्ट्रिक स्कूटर प्रदान गरेको छ। ती स्कूटरहरु महानगरपलिकाले सोही दिन ललितपुर नगर प्रहरीको क्विक रेस्पोन्स टिमलाई गस्ती तथा अन्य प्रयोजनका लागि पुन: हस्तान्तरण गरेको छ।
हस्तान्तरणका क्रममा बोल्दै महानगरका मेयर चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गरी प्रभावकारी कार्य गर्नका लागि यी स्कूटरहरुले नगर प्रहरीलाई थप सुविधा प्रदान गर्ने बताए।
नगर प्रहरी प्रमुख सिताराम हाछेथुले क्विक रेस्पोन्स टिमले यी स्कूटरहरुलाई प्रयोग गर्ने र यसबाट निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने विचार व्यक्त गरे।
आईएमई ग्रुप अन्तर्गतको आईएमई ईलेक्ट्रिक प्रालि नेपालको लागि राफ्ट इलेक्ट्रिक स्कूटरको आधिकारिक बिक्रेता हो। भारतमा उत्पादित यी स्कूटर एक पटकको चार्जमा १०० किलोमिटसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




