
काठमाडाैं, ८ साउन । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्थाकाे आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाकाे नाफामा उल्लेख्य बृद्दी भएको छ।
यस अवधिसम्ममा संस्थाले १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.७२ प्रतिशतले बृद्धि भएको हाे ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड कर्जा सापटी र १ अर्ब ४६ करोड निक्षेप संकलन गरी ३ अर्ब ९१ करोड कर्जा परिचालन गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब ३६ करोड कर्जा सापटी र १ अर्ब १५ करोड निक्षेप संकलन गरी ३ अर्ब करोड कर्जा परिचालन गरेको थियो ।
संस्थाले याे अवधीमा २९ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष २९ करोड १५ लाख रुपैयाँ रहेको थियो । संस्थाको संचालन मुनाफा ८ करोड ९२ लाख रहेको छ । जुन गतवर्षमा २ करोड ६० लाख ऋणात्मक रहेको थियो । निष्क्रिय कर्जा घटेपछि कम्पनीको खुद नाफा उल्लेख्य बृद्धि भएको हो ।
यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२.६८ रुपैयाँ रहेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ ।
हाल संस्थाको चुक्ता पुँजी ३१ करोड २८ लाख रहेको छ । जगेडा कोषमा २२ करोड ७३ लाख रुपैयाँ छ । संस्थाको निष्कृय कर्जा अनुपात ३.११ प्रतिशत छ । जुन गत वर्ष ६.२० प्रतिशत रहेको थियो ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



