सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

-



     सफल आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ साउन । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्ने क्रममा यो तयारीबारे जानकारी दिएको हो ।

कार्यक्रममा विभिन्न योजनाको तयारीबारे जानकारी दिँदै मन्त्रालयले आउँदो तीन महिनाभित्र २०२३-२०३३ लाई आधिकारिक रुपमा नेपाल भ्रमण दशक घोषणा गरिसक्ने बताएको छ । कार्यक्रममा उक्त योजनालाई मूर्तरुप दिनका लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ पनि सञ्चालन गरिने मन्त्रालयले बताएको छ ।

उक्त योजनालाई मूर्तरुप दिनका लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ पनि सञ्चालन गरिने मन्त्रालयले बताएको छ । मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने तथा काठमाडौंमा ‘हप अन हप अफ सिटी बस’ तीन महिनाभित्र सञ्चालनमा ल्याउने पनि घोषणा गरेको छ ।

यसबाहेक काठमाडौं उपत्यकाभित्र रात्रीकालीन पर्यटनको शुरुवात र प्रवर्द्धनका लागि काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्रा पनि दुई वर्षभित्र सञ्चालन गर्ने मन्त्रालय योजना छ।