
प्लास्टिक झोलाहरु
काठमाडौं, १० साउन । आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न पूर्ण प्रतिबन्ध लाग्ने भएको छ।
मंगलबार वातावरण विभागले एउटा प्रेस विज्ञप्ति जारी गर्दै २०७८ साउन १ देखि लागू गरिएको प्रतिबन्धको असर नदेखिएकाले भदौ १ गतेदेखि कार्यान्वयनमा थप कडाई गर्ने बताएको हो।
कडाई लागू गएपछि प्लाष्टिक झोलाको उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न पूर्ण प्रतिबन्ध लाग्ने विज्ञप्तिमा उल्लेख छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले उक्त मितिपछि अनुगमन गर्दा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही गर्ने बताएका छन्।
ऐन अनुसार नियम उल्लङ्घन गरेमा १० लाख रुपैयाँसम्म नगद जरिबाना तथा उत्पादन तथा आयात गर्ने कम्पनीलाई ५ वर्षसम्म कालोसूचीमा राखिनेछ । यस्तै अदालती कारबाही र जेल सजायसम्म हुने पनि उल्लेख छ।
सबै सपिङ मल, डिपार्टमेन्टल स्टोर र व्यापारिक प्रतिष्ठानले उक्त मितिदेखि अनिवार्य रुपमा प्लास्टिकको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्न पनि निर्देशन दिइएको छ।







काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



