नेपाल इन्भेस्टमेन्ट बैंकको खुद नाफा १४.८३ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ साउन । नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्बमाथि खुद नाफा आर्जन गरेको छ। कम्पनीले हालै प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.८३ प्रतिशतले बढेको उल्लेख छ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब ५५ करोड खुद नाफा गरेकोमा गत आर्थिक वर्षमा भने १४.८३ प्रतिशतले बढेर बैंकको खुद नाफा ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको हो।

उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको र यसलाई बैंकले डिभिडेन्ड वितरणका लागि प्रयोगमा ल्याउनसक्ने बताइएको छ। समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी ईपीएस २२.३२रहेको तथा प्रति सेयर नेट वर्थ १८७.२१ रहेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस २२ तथा प्रति सेयर नेटवर्थ १९८.२८ रहेको थियो।

यो अवधिमा कम्पनीको (पीई) प्राइस टू अर्निङ रेशियो ११.८७ रहेको थियो भने अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात २०.९१ रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस २२ तथा प्रति सेयर नेटवर्थ १९८.२८ रहेको थियो।

यस अवधिमा कम्पनीको क्यापिटल एडिक्वेसी रेशियो (सीएआर) १५.९९ प्रतिशत तथा बेस रेट ८.५४ प्रतिशत रहेको छ जुन यसअघिको आर्थिक वर्षमा क्रमश: १४.७१ र ५.७४ थियो ।

समीक्षा अवधिमा बैंकको मौज्दात, आम्दानी र तरलतामा समयको अन्तरालमा बजार स्थिति मुताबिक हुने सामान्य परिवर्तन बाहेक अन्य कुनै तात्विक परिवर्तन नभएको र यस अवधिमा बैंकको समष्टिगत वित्तीय स्थिति, मौज्दात तथा तरलताको अवस्था सन्तोषजनक रहेको बैंकले जनाएको छ।