
काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा केही बेरअघि सार्वजनिक गरेको छ। परीक्षा बोर्डका अनुसार कुल सहभागी ४ लाख ९५ हजार ७५१ परीक्षार्थीमध्ये परीक्षामा कुल ९ हजार ६६३ ले ३.६ देखि ४, ४१ हजार ६२७ ले ३.२ देखि ३.६, ६९ हजार ९०० जनाले २.८ देखि ३.२, ९० हजार ७५८ ले २.४ देखि २.८, १ लाख १२ हजार ७३३ ले २.० देखि २.४, १ लाख ५९४ ले १.६ देखि २.०, ४४ हजार ५८६ ले १.२ देखि १.६ तथा ३ हजारर २८० जनाले ०.८ देखि १.२ जीपीए ल्याएका छन्।
बोर्डले सधै झैं एसईईको नतिजा वेबसाइट, एसएमएस तथा आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको छ। विभिन्न वेबसाइट, एसएमएस तथा आईभीआरबाट निम्नअनुसार एसइई नतिजा हेर्न सकिन्छ:
आईभीआर
नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा प्राप्त गर्न १६०० मा कल गरेर निर्देशन पालना गर्नुपर्छ।
वेबसाइट
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०: https://www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी: https://www.neb.gov.np/
–स्प्यारो पे प्रा.लि: https:// khalti.com/
–नीमा एडुकेसन फाउण्डेसन: https://neemaacademy.com/
–कान्तिपुर पब्लिकेसन: https://www.results.ekantipur.com/
–द कनेक्ट प्लस प्रा.लि: https://www.theconnectplus.com/see-result/
-ईडीयू सञ्जाल: https://see.edusanjal.com
–नेपाल टेलिकम: www.see.ntc.net.np
–रिडर्स पोइन्ट प्रा.लि: www.admissionnnepal.com
एसएमएस
नेपाल टेलिकम: SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउने (उदाहरण: SEE 02308725m टाइप गरी १६०० मा सेन्ड गर्ने)
स्प्यारो एसएमएस: SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउने
इजी सर्भिस प्रा.लि: SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३४९४९ मा पठाउने
आकाश टेक प्रालि: SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३१००३ मा पठाउने






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



