
काठमाडौं, १३ साउन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल श्रीलंकाको बाटोमा नरहेको बताएको छ।
नेपालको अर्थतन्त्र र विकास साझेदारहरु बलिया रहेकाले नेपाल सहज अवस्थामा रहेको आईएमएफको भनाइ छ।
बिहीबार अमेरिकी दूतावासले गरेको ‘व्यापार तथा लगानी सहजीकरण’ कार्यशालामा बोल्दै आईएमएफकी नेपाल प्रतिनिधि मारिया टेरेसाले उक्त कुरा बताएकी हुन्।
‘‘नेपाल निकै बलियो अवस्थामा छ। कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतमात्र ऋण छ। यो राम्रो हो। सरकारले ल्याएको वित्तिय नीति तथा मौद्रिक नीति सही दिशातर्फ गइरहेको छ,’ टेरेसाले भनिन्, ‘नेपाललाई विकास साझेदारहरूको महत्वपूर्ण र बलियो सहयोग रहेको छ। तसर्थ, अहिले नेपालको अर्थतन्त्र बलियो अवस्थामा छ। यो श्रीलंकाको बाटोमा छैन।’








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




