
काठमाडौं, १५ साउन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापकतर्फको २६ लाख ३१ हजार १३६ कित्ता सेयरको बिक्री खुलाएको छ । सिलबन्दी बोलकबोलमार्फत बिक्री हुने उक्त परिमाणको सेयरका लागि इच्छुक संस्था वा व्यक्तिले भाग लिन सक्ने बैंकले जनाएको छ। यसबाहेक हाल रहेका संस्थापक सेयरधनीले पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।
बैंकका अनुसार प्रति सेयर न्यूनतम मूल्य १३१ रुपैयाँ तोकेकोले यसभन्दा कम मूल्यमा आवेदन दिन पाइने छैन भने १ हजार कित्ताभन्दा कम सेयरका लागि बोलकबोल पेस गर्न पनि पाइने छैन। १ हजारभन्दा माथि भने बिक्रीमा रहेका सबै कित्ताका लागि पनि आवेदन दिन पाइने बैंकले जनाएको छ ।
बैंकले आज आइतबारदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको र यसको अन्तिम मिति आगामी साउन २२ गतेसम्म तोकेको छ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिनेछ सूचनामा उल्लेख छ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



