घोराही सिमेन्टद्वारा प्रिमियम आईपीओ निष्कासन अनुमति माग

-



     सफल आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ साउन। घोराही सिमेन्ट उद्योगले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ। कम्पनीले गत साउन ९ गते प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमतिका लागि बोर्डमा आवेदन दिएको बुझिएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्कासन गर्ने कम्पनीको योजना छ ।

उक्त परिमाणमध्ये ३ लाख ९७ हजार १९० कित्ता उद्योग प्रभावित स्थानीयको लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।

हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको स्थानीयका लागि उपलब्ध गराइने सेयर प्रति कित्ता ४०० रुपैयाँ पर्ने तथा सर्वसाधारणको लागि उपलब्ध गराइने सेयरको प्रति कित्ता ४३५ रुपैयाँ पर्ने बताइएको छ।