
पोखरा, १५ साउन । नेपालमा नै पहिलोपटक पोखरामा फेसन डिजाइनर र व्यूटीसियन सम्बन्धि पढाइ हुने भएको छ ।
पोखरा युनाइटेड एकेडेमी र नेपाल सौन्दर्यकला व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा पोखरा–१२ भद्रकालीमार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीमा यसै शैक्षिकसत्र देखि कक्षा ११ र १२ मा फेसन डिजाइनर र व्यूटीसियन विषयमा पढाइ सञ्चालन हुन लागेको हो ।
एकेडेमीले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी आधुनिक समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै यसबर्षबाट पढाइ सुरु गर्न लागिएको एकेडेमीका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
प्लस टु तर्फ साइन्स र होटल म्यानेजमेन्ट बिषय पढाइ हुँदै आइरहेकोमा सिपमूलक शिक्षामा जोड दिँदै विभिन्न संघ संस्थाहरुको सहकर्यमा नयाँ बिषयपनि थप गरिएको एकेडेमीका प्राचार्य बैनबहादुर गोदारले बताए ।
बरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले अनेक कठिनाइका बावजुद सौन्दर्यशास्त्रलाई पाठयक्रममा समावेश गर्न सफल भएको भन्दै एकेडेमीको यो अभियानमा सबैले साथ दिनुपर्ने बताइन् । सैदान्तिक भन्दापनि व्यवहारिक पढाइमा जोड दिनुपर्ने उनको भनाई छ ।
प्रदेश सांसद एवं अर्का बरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङले सौन्दर्यशास्त्रलाई एकेडेमीक ढंगले अगाडि बढाउन संघको तर्फबाट धैरै प्रयास गरिएको बताइन् । यो पेशालाई मर्यादित बनाउँदै यसका सवलपक्षहरुलाई आम जनमानसमा लैजानुपर्ने उनको भनाइ थियो । २०६० सालमा थालिएको अभियानले बल्ल सार्थकता पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । मैले याे क्षेत्रकाे विकासकाे लागि ३६ वर्ष बिताएँ, उनले भनिन्, यति धेरै वर्षपछि प्रतिफल मिल्न लागेकाे छ याे ठूलाे उपलव्धि हाे ।
फेसन डिजाइनर बिशाल गुरुङले पछिल्लो समय फेसन डिजाइनर र सौन्दर्य पेशमा आकर्षक बढ्दै गएको बताए । म्यानेजमेन्ट संकायका कोर्डिनेटर राजकुमार कार्कीले सिपमूलक शिक्षाले रोजगारीको वातावरण सिर्जना गर्ने बताए । सो विषय अध्ययनका लागि बार्षिक ५० हजार शुल्क लाग्ने एकेडेमीका प्रबन्ध निर्देशक सापकोटाले जानकारी दिए ।
उच्च माध्यमिक शिक्षा परिषद्बाट स्वीकृत पाठयक्रमका आधारमा सो विषय पढाइ हुने एकेडेमीले जनाएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



