सयपत्री हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले गत शुक्रबारबाट जारी गरेको आईपीओमा हालसम्म १ करोड २१ लाख ५१ हजार ३४० कित्ताका लागि १ अर्ब २१ करोड ५१ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ हाउसका अनुसार आज बिहान १० बजेसम्म उक्त परिमाणका सेयरका लागि १० लाख ६१ हजार ५९५ ‌ओटा आवेदन परेका छन्। यो आँकडा मागभन्दा १८.१२ प्रतिशतले बढी हो ।

कम्पनीले गत साउन १३ गते कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेकोमा ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता समूहिक लगानी कोषका लागि तथा २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेर बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि खुला गरेको थियो । 

उक्त परिमाणको आईपीओमा आवेदन दिने म्याद भोलि अर्थात् साउन १७ गते सकिँदैछ। कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने गरी आईपीओ खुलाएको हो । तोकिएको म्याद अगावै मागभन्दा १८.१२ गुणा बढी आवेदन परिसकेको छ भने म्याद सकिन्जेलसम्म यो आँकडा अझ बढ्ने देखिन्छ ।