टीभीएसद्वारा विराटनगरमा अपाचे ओनर्स ग्रुप राइड सम्पन्न

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



विराटनगर, १६ साउन । टीभीएसले हालै अपाचे मोटरसाइकल धनीहरुको समूह अपाचे ओनर्स ग्रुपका ३५ सदस्यलाई विराटनगर महेन्द्र चोकबाट नेता चोक-विराट चोक-इटहरी-इनरूवा हुँदै कोशी टप्पुस्थित अकवा बर्ड ईको रिसोर्ट सम्म यात्रा गराएको छ ।

एओजी राइड नामक उक्त यात्रका लागि २०० भन्दा बढी आवेदन परेको र गोलाप्रथाबाट विभिन्न  पेशाका  ३५ सहभागी छनोट गरिएको कम्पनीले जनाएको छ।

उक्त राइड अनुभवी मार्शलहरुको निगरानीमा भएको र यसमा राइडरहरुलाई सडक सुरक्षालगायत विषयमा विभिन्न प्रशिक्षण दिइएको थियो । एओजी राइडमा सहभागी हुने सबै राइडरका लागि टीभीएले निशुल्क रुपमा  राइडिङ गियर अर्थात मोटरसाइकल चढ्दा प्रयोग गर्ने सामानहरु  उपलब्ध गराएको थियो।

‘हामी अपाचे राइडरहरुको यति धेरै उत्साह देखेर निकै खुशी छौं । हामी चाँडै नै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौ। यो एओजी राइड को उदेश्य नेपालमा अपाचे राइडरहरुको समूहलाई बलियो बनाउँदै हाम्रा ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो,’ जगदम्बा मोटर्स- टीभीएस मोटरसाइकलका प्रडक्ट म्यानेजर प्रशान्त राजभण्डारीले भने। 

नेपालमा टीभीएस दुई पाङ्ग्रे सवारीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.को देशभर  १३८ भन्दा बढी  डिलर  र  २०० भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स स्टेशनहरू रहेका छन्।